विश्व मुद्रोकाषका पूर्व प्रमुख रातोलाई चार वर्ष जेल सजाँय

Generated by IJG JPEG Library

स्पेन, १२ फागुन २०७३ । विश्व मुद्राकोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उहाँ स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा ४ वर्ष ६ महिना लामो जेल सजाय तोकिएको छ ।

भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक अपचलन गरेको ठहर गरेको हो । रातोले काजा म्याड्रिड र बैंकियामा रहेका र ती संस्था अप्ठ्यारोमा परेका बेला पदीय मर्यादा विपरित वित्तीय अपराध गरेको स्पेनी अदालतको ठहर छ ।

केही सयम स्पेनको अर्थमन्त्रीसमेत बनेका रातोसहित ६४ जना पूर्व कार्यकारी प्रमुख तथा बैंक सञ्चालक समिति सदस्यमाथि सन् २००३ देखि सन् २०१२ को बीचमा १ करोड २७ लाख अमेरिकी डलर बराबरको रकम दुरुपयोग गरेको ठहर अदालतले गरेको छ ।

पूर्व विश्व मुद्राकोष प्रमुख रातोले भने आफूमाथि लाग्दै आएको आरोपको निरन्तर खण्डन गर्दै आउनुभएको छ ।

 

  • 20Read This News:
  • 451232Total reads:
  • 262516Total visitors: