क्यास्पियन क्रिकेट कप २०७३ फागुण ३ गतेदेखी धनगढीमा हुने

कैलाली, २५ माघ २०७३। क्यास्पियन एकेडेमी धनगढीले आगामी फागुन ३ देखि १० गतेसम्म यहाँ क्यास्पियन क्रिकेट कप २०७३ को आयोजना गर्ने भएको छ ।

कैलालीमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका संस्थापक मोहनराज शर्माले यस क्षेत्रको बढ्दो क्रिकेट क्रेजलाई सही दिसा दिनुपर्ने अवश्यकता महसुस गरी यो अन्तर विद्यालय निमाविस्तरीय क्रिकेट प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

प्रतियोगिताको आयोजनाले क्रिकेटबाट भविष्य बनाउन चाहने विद्यार्थी लाभान्वित हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, प्रमाणपत्र र क्यास्पियन कप तथा द्वितीय हुनेलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

 

  • 58Read This News:
  • 480466Total reads:
  • 287941Total visitors: