निर्वाचन हुनेमा शङ्का नगरौँ वरु वातावरण वनाउन सहयोग गरौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ माघ २०७३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उहाँले सबैलाई समेटेर समयमा निर्वाचन गराउन सरकार लागिरहेकाले शङ्काभन्दा पनि वातावरण बनाउनेतिर लाग्न सबैमा आग्रह गर्नुभएको हो ।

“सरकार निर्वाचनका लागि गम्भीर छैन भन्ने होइन, तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ, कसरी स्वच्छ, निष्पक्ष र छिटो छरितो निर्वाचन गराउन सकिन्छ भनेर उपकरणको नमुना अभ्यास हुनु पनि तयारीकै सिलसिला हो प्रधानमन्त्रीले भन्नुभयो ।”

उहाँले आधुनिकीकरणको जमानामा नेपाल विद्युतीय मतदान प्रणालीमा नजाने प्रश्न नहुने भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सरकार र आयोगबीच पछि छलफल गरिने बताउनुभयो ।

आफू कर्णालीमा पुग्दा पनि बूढाबूढीले समेत हातमा सेल फोन लिएको फोटो खिचेको देख्दा नेपालीहरु केही जान्दैनन् वा अशिक्षित छन् भनेर भन्नु नेपालीले नै नजरअन्दाज गरेको जस्तो लाग्ने भएकाले विद्युतीय प्रणालीको मतदानलाई जनताले ग्रहण गर्न सक्ने प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँले आयोगले आउने स्थानीय निर्वाचनदेखि नै मुलुकभर विद्युतीय मतदान प्रणालीको सम्भावनाबारे अन्तर्राष्ट्रिय कम्पनी र प्राविधिकसँग परामर्श गरिरहेको छ । सो क्रममा आज स्मार्टम्याटिक नामक धेरै पार्टी र उम्मेदवारलाई समावेश गर्न सकिने नयाँ मेसिनबारे नमुना प्रस्तुतिकरण गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले विश्वव्यापी रुपमा विद्युतीय मतदान प्रणाली लागू भइसकेको अवस्थामा नेपालमा यसको कार्यान्वयन गर्न अति आवश्यक भएकाले दीर्घकालीन रुपमा यसबाट कम खर्च लाग्ने उल्लेख गर्नुभयो ।

 

  • 58Read This News:
  • 459762Total reads:
  • 269259Total visitors: