अफगानिस्तानको पुर्वीक्षेत्रमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु

file photo

अफगानिस्तान, २४ माघ २०७३ । अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

“यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इ मताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भीक विवरणहरुका अनुसार कम्तीमा ५० जनाको मृत्यु भएको छ, अरु एक दर्जन घाइते भएका छन् ।” प्रान्तीय एक उच्च अधिकारीले सिन्ह्वालाई जानकारी दिए ।

पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा परि मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । अरु अनगिन्ती घरहरुमा क्षति भएको उनीहरुले जानकारी दिएका छन् ।

“प्रभावित क्षेत्रका सडकमा हिँउका कारण यातायात अवरुद्ध भएको छ भने उद्धार र सहयोगका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु खटाइएको छ, उनीहरुले बाटोबाट हिउँ हटाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

अफगानिस्तानका विभिन्न ठाउँमा भएको बाक्लो हिमपात र अत्याधिक जाडोका कारण पछिल्लो तीन दिनमा मात्रै ९० जनाको मृत्यु भएको छ । सोही अवधिमा हिँउले गर्दा झण्डै २०० ओटा घरमा क्षतिीपुगेको छ ।

गत चौविस घन्टाको अवधिमा अफगान सुरक्षा फौज र राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको पहलमा झण्डै चालीस ओटा सवारी साधनका कैयौँ यात्रुलाई उद्धार गरिएको छ ।

 

  • 50Read This News:
  • 480710Total reads:
  • 288169Total visitors: