चीनको जेजीआङ्गमा भवन भत्किँदा ७ जनाको मृत्यु

चीन २१ माघ २०७३ । चीनको पूर्वी प्रान्त जेजीआङ्गमा अवस्थित एक आवासिय भवन भत्किँएर भएको दुर्घटनामा परी कम्तीमा ७ व्यक्तिको मृत्यु भएको छ ।

यस घटनाबाट दुई महिलालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।

एक ६३ बर्षीया महिलालाई स्थानीय समयानुसार बिहीबार राति १०ः४० बजे र अर्का एक महिलालाई शुक्रबार विहान ७ बजे सो भवनको भग्नावशेषबाट उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यी दुवैलाई उपचारको लागि नजिकको अस्पतालमा लगिएको बताइएको छ ।

वेनचेङ्ग काउन्टीको दहुई गाउँमा रहेको पाँच तले आवासिय भवन भत्किएर थियो । दुई वटा परिवारका नौ व्यक्ति बसोवास गर्दै आएका उक्त आवासिय भवन स्थानीय समयाअनुसार बिहीबार विहान आठ बजे भत्किँएको थियो ।
सो भत्किएको भवननजिकै आवासिय इलाकामा बसोवास गर्दै आएका ५८ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

 

  • 28Read This News:
  • 459716Total reads:
  • 269217Total visitors: