पुटिन र ट्रम्पबीच प्रत्यक्ष भेटको तयारी

रसिया, १८ माघ २०७३ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार भएको फोनवार्तापछि दुवै देशका अधिकारीलाई प्रत्यक्ष भेटको बन्दोबस्त गर्न निर्देशन भएको क्रेमलिनले जनाएको छ ।

शनिबार दुई नेताबीच लामो छलफल भएको बताउदै फोनवार्ता सौहाद्र र रचनात्मक रहेको पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभयो ।

पेस्कोभका अनुसार फोनवार्तामा क्रेमलिन र ह्वाइट हाउसका कर्मचारीलाई प्रत्यक्ष वार्ताका लागि व्यवस्था मिलाउन निर्देशन गर्ने सहमति भएको थियो । दुई नेताबीच प्रत्यक्ष भेट भएपछि व्यवहारिक सम्झौता गर्न सकिने क्रेमलिनको भनाई छ ।

यसअघि रसियाली विनेशमन्त्रीले मस्कोमा एक कार्यक्रममा बोल्नु हुँदै अमेरिका र रसियाको चासो आतङ्कवादविरद्धको लडाइँलगायत कैयौा क्षेत्रमा आवश्यक देखिएको दुई देशका राष्ट्रपतिको फोनवार्ताका क्रममा महसुस गरिएको जनाउनुभएको थियो ।

 

  • 28Read This News:
  • 417405Total reads:
  • 230161Total visitors: