पूर्व विश्व घनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

ब्राजिल, १८ माघ २०७३। कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गरेका छन ।

विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि जेनेरियास्थित विमानस्थलमा ओर्लनुभएपछि उहाँलाई ब्राजिलियाली प्रहरीले हिरासतमा लिएकोछ । प्रहरीले पक्राउ परेका बाटिस्टाको स्वास्थ्य अवस्था परीक्षणपछि छानविनका लागि हिरासतमा राखेको छ ।

पक्राउ परेपछि बाटिस्टाले ब्राजिलको टेलिभिजनसँग कुराकानी गर्दै आफूमाथि लगाइएको घुस तथा भ्रष्टाचार आरोपबारे छानबिन गर्न अदालतलाई सहयोग गर्ने उद्देश्यले आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको बताए । बाटिस्टाले आफूमाथि लागेको आरोपका बारे भने थप केही बोल्न चाहेन।

बाटिस्टाले आफूमाथि लगाइएको आरोप छानबिन गर्न न्यायालयलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलबाट रियोका लागि आइतबार राति आएको जानकारी गराए ।

बाटिस्टामाथि रियो दि जेनेरियोका पूर्व गभर्नर सर्जियो कावरलाई घुस दिई सरकारी ठेक्कापट्टामा कानुन विपरित सम्झौता गरेको, विदेशी बैंक खातामा करोडौँ अमेरिकी डलर लुकाई राखेकोलगायत आरोप छन् ।

 

  • 35Read This News:
  • 458620Total reads:
  • 268183Total visitors: