उच्च अदालतका ८० जना न्यायाधीशलाई शपथ ग्रहण

काठमाडौ ५ माघ २०७३ । उच्च अदालतमा नियुक्त हुनुभएका नवनियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित विशेष समारोहमा उहाँहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

समारोहमा प्रधानन्यायाधीश सुशीला कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति रहेको थियो ।

७ उच्च अदालतमा ८० जना न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले पुस २९ गते नियुक्त गर्नुभएको हो । परिषद्ले पुस २८ गते नियुक्तिका लागि उहाँहरुलाई सिफारिस गरेको थियो ।

 

  • 34Read This News:
  • 417632Total reads:
  • 230388Total visitors: