सरकार जिम्मेवार छभने निर्वाचनको मिति घोषणा गर्नुपर्छः एमाले उपाध्यक्ष रावल

काठमाडौँ, ५ माघ २०७३। नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभएकोे छ ।

रिपोर्टस क्लब नेपालले आज काठमाण्डौमा आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले मुलुकलाई निकास दिन निर्वाचन नै आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको मिति घोषणा गर्छ भने नेकपा (एमाले) पूर्णरुपमा सहयोग गर्न तयार छ ।”

उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको संविधान तत्काल संशोधनको आवश्यकता नरहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको पनि स्पष्ट पार्नुभयो ।

 

  • 23Read This News:
  • 417509Total reads:
  • 230265Total visitors: