भारत, २२ पौष २०७३ । भारतिय चलचित्र क्षेत्रका हस्ती ओम पुरीको आज विहान आफ्नै निवासमा हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएकोछ ।
फ्राटर्निटी प्लस चलचित्रको अभिनय गरेर विहीवार आफनो निवासमा आएको र शुक्रवार लामो समयसम्म उनका सवारी चालकले घण्टी वजाउदा पनि ढोका नखुलेपछि ढोका खोलेर हेर्दा उनी मृत पाइएको थियो ।
उनले २ वटा राष्ट्रिय पुरस्कार २ वटा फिल्मफेयर पुरस्कार र लाइफटाइम एचिभमेण्ट पुरस्कार प्राप्त गरेकोछ ।
वलिवुडका अर्का चर्चित कलाकार सवाना आजमीले उनको आज साँझ ६ वजे अन्त्यष्टी गरिने आफ्नो ट्युटमा जानकारी गराएकी छिन ।



