भारत, २१ पुस २०७३। भारतमा बुधबार जगदिश सिंह खहरलाई नयाँ प्रधानन्यायाधीशको रुपमा नियुक्त गरेको छ । उनी शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश हुन ।
खहर भारतको ४४ औँ प्रधानन्यायाधीश हो । भारतीय राजधानी नयाँ दिल्लीमा अवस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको एक विशेष समारोहमा भारतिय राष्ट्रपति प्रणव मुखर्जीबाट उनले सपथ लिएकाछन् ।
वर्तमान भारतीय प्रधानन्याधीश तीर्थसिंह ठाकुर मङ्गलबार सेवानिवृत्त भएपछि नयाँ प्रधानन्याधिस खहरलाइ बुधबारदेखी यस पदमा नियुक्त गरिएको हो ।
नवनियुक्त प्रधानन्यायाधीश खहरको कार्यकाल ७ महिनाको मात्र रहेको छ । उनको उमेर हाल ६४ वर्षको छ र भारतमा प्रधानन्याधिसको उमेरको हदवन्दी ६५ वर्षको छ ।
भारतीय संविधानअनुसार प्रधानन्यायाधीश देशको न्यायपालिकाका प्रमुख हुन्छ । साथै देशको सर्वोच्च अदालतको पनि प्रमुख प्रधानन्यायाधीश नै हुने संवैधानिक प्रावधान छ ।


