अल्ट्रा म्याराथन धाविका मीरा राईलाई रु २८ लाखसहित सम्मान गरिने

झापा, १९ पुस २०७३। अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ ।

अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उहाँलाई रु २८ लाखसहितको सम्मान गर्न लागेका हुन् ।

स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान रकम हस्तान्तरण गरिने जनाइएको छ । सोमबार दमकमा सगरमाथा तेक्वान्दो डोजाङले पत्रकार सम्मेलन गरी अल्ट्रा म्याराथनकी धाविका मिराको सम्मानसहितको कार्यक्रम घोषणा गरेको हो ।

पूर्व ब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मिराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न लागिएको हो ।

बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा अन्य ४ सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम प्रदान गरिएने छ ।

मीराको सहयोगका लागि बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएको जनाइएको छ ।

त्यसैगरी, मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत रु २ लाख नगदसहित सम्मान गर्न लागिएको सगरमाथा तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक समेत रहनुभएका राष्ट्रकुमार राईले बताए ।

 

  • 45Read This News:
  • 417483Total reads:
  • 230239Total visitors: