ब्रह्मायणी जात्रमा हजारौँको भीड

भक्तपुर, २६ असोज २०७३ । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा ब्रह्मायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप दर्शनार्थीको भीड लागेको हो ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म हुने जनविश्वास रहेको छ ।

 

  • 63Read This News:
  • 404948Total reads:
  • 218392Total visitors: