सिल्क रोडको निर्माणमा युक्रेनले पनि सम्भावना देख्यो

युक्रेन, २६ असोज २०७३ । चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ ।

यस सिल्क रोडको निर्माण चीनले सुरु गरेको छ । यसले युरोप, अफ्रिका र एसियाका दर्जनौँ देशलाई छुनेछ । सो आयोजनामा युक्रेनको पनि सहयोग र सम्लग्नताको कुरा आएको हो ।

चीनको यो सिल्करोड आयोजनामा युक्रेन पनि सम्लग्न हुनसक्ने र यसबाट उसले पनि फाइदा लिनसक्ने जानकारी एक युक्रेनी उच्च अधिकारीले दिएका छन् ।

युक्रेनका निर्माणसम्बन्धी उपमन्त्रीले हालै भनेका छन्, चीनले सुरु गरेको यस आयोजनाका कारण युक्रेनले पनि फाइदा लिन सक्छ र उसले पनि आफ्ना सामानको आयात निर्यातका क्षेत्रमा फाइदा लिन सक्छ ।

चीनबाट कार्गो र रेलका माध्यमबाट चीनलाई जोड्नका लागि युक्रेनले यसअघि पनि निकै लामो समयदेखि पूर्वाधार निर्माणका लागि काम गरिरहेको छ ।

राजधानी किभमा हालैमात्र आयोजित किभ इन्टरनेशनल इकोनोमिक फोरममा बोल्दै युक्रेनी उपमन्त्री युगेन क्राभस्तोभले भने हामी पूर्वाधार निर्माणको चरणमा छौँ र यस रोडबाट हामी धेरै भन्दा धेरै फाइदा लिनसक्ने अवस्थामा छौँ ।

चीनले विश्वका कैयौँ देशहरुलाई स्थलमार्गबाटै छुनेगरी सडक निर्माणको ठूलो र महत्वाकांक्षी योजना बनाएको छ । सो योजना बमोजिम चीनले विश्वको ठूलो आर्थिक योजना बनाएको हो ।

यो सडकको निर्माणपछि कार्गो रेलको सुरुवात गर्ने र यसका कारण युक्रेनलाई फाइदा पुग्ने उहाँको भनाइ छ । यो सडक निर्माणका लागि युरोप र अफ्रिकाका कैयौं देशले अभियान पनि सुरु गरेका छन् ।

 

  • 71Read This News:
  • 458558Total reads:
  • 268129Total visitors: