कोलम्बिया सरकार र इएलएनवीच शान्ति र्वार्ता हुने

कोलम्बिया, २६ असोज २०७३ । कोलम्बिया सरकार र कोलम्बियाको दोस्रो ठुलो विद्रोही सङ्गठन नेशनल लिवरेशन आर्मी (इएलएन)का वीचमा शान्ति र्वार्ता हुने भएको छ ।
आउदो अक्टोबर २७ तारिखका दिन इक्वेडरमा शान्ति वार्ता गर्ने उनीहरुले सोमबार भेनेजुयलामा घोषणा गरेका हुन् ।

दुवै पक्षले शान्ति वार्ता गर्ने घोषणा सहितको संयुक्त विज्ञप्तीमा वार्ताका एजेण्डाहरुका बारेमा गृहकार्य भइरहेको जनाएका छन् ।

त्यसैगरी शान्ति प्रक्रिया, लोकतन्त्रको पुर्नसंरचना, द्वन्द्वपीडितको अवस्था सुधारलगायतका विषयमा पनि तयारी भइरहेको संयुक्त विज्ञप्तीमा जनाइएको छ ।

कोलम्बियाको सबैभन्दा ठुलो विद्रोही सङ्गठन फार्कसँग शान्ति वार्ता सुरु भएको केहीसमयपछि अर्को दोस्रो ठुलो सङ्गठन पनि शान्ति वार्तामा आएको हो ।

 

  • 61Read This News:
  • 458569Total reads:
  • 268139Total visitors: