काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन् ।
काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं मल, खिचापोखरी र न्युरोड क्षेत्रको आरबी कम्प्लेक्स, न्युरोडको रञ्जना गल्ली क्षेत्र, दरबारमार्ग क्षेत्रलगायत ठाउँमा पुगेर मापदण्डविपरीत बनाइएका संरचनामा डोजर चलाएका छन् ।