
पोखरा शहर २०२५ साल भन्दा अगाडी टुकी बल्थ्यो पोखराको फेवातालको पानीवाट विजुली निकाल्ने पोखराको पहिलो जलबिद्युत गृह फेवा पावर हाउसको निर्माण र विद्युत उत्पादन पश्चात पोखरा बिजुली शहर बनेको थियो ।

Cannel of Fewa Power House, Pokhara
पछिल्लो समय पोखरापनि काठमाण्डौ जस्तै काकाकुल भैसकेको रहेछ । पहिला पहिला १२ महिनानै बग्ने यो नहर र यहि नहरको पानीबाट बिद्युत उत्पादन गर्ने यो पोखराको फेवा पावर हाउस अहिले काकाकुल भएको छ । पानी यसरी बग्न छोडेपछि फेवा पावर हाउसबाट विद्युत उत्पादन थप्पछ । स्थानियका भनाइ अनुसार यस नहरमा बर्षा मौसममा मात्र पानी बग्ने गर्दछ र त्यहि समयमा मात्र यस फेवा पावर हाउसबाट विद्युत उत्पादन हुने गर्दछ । बि.सं. २०२५ सालबाट विद्युद उत्पादन शुरु भएको यस विद्युत गृहको स्थापना संगै पोखराबासीको टुकी जीवनमा परिवर्तन आएको बताइन्छ ।

View of Fewa Power House
यस बिद्युत गृहवाट विद्युत उत्पादन गर्नकोलागि हर्पन खोलासंगसंगै अन्य साना साना खोलाको पानी पोखराको मनोरम फेवातालमा जम्मा हुने र सोही तालको दक्षिणमा बाँधनिर्माणगरी पानी जम्मा गरिन्छ । तपाइलाइ जानकारी छकी छैन पोखराको फेवातालमा फेवा पावर हाउसकोलागि आबश्यक पानीको लागि बाँध निर्माण गर्न पूर्व हाल पोखराको फेवातालको विचमा रहेको तालवाराही मन्दिर तालको विचमा थिएन शहर तिरको किनारमा अबस्थित थियो । पछि फेवा पावर हाउसकोलागि आवश्यक पानी संग्रह गर्नकोलागि बाँध निर्माण गरेपछी उक्त तालवाराही मन्दिर तालको विचमा पर्न गएको हो ।२०३४/३५ साल तिर उक्त बाँध भत्किएपछि नयाँ बाँध निर्माण नभएसम्म फेरी ताल वाराही मन्दिर दर्शन गर्न जानकोलागि हिडेरनै जान सकिन्थ्यो ।
दोश्रो पटक अझ बलियो र अझ अग्लो बाँध बनाएपछि नियमित फेवा पावर हाउसवाट १५ सय किलोवाटको क्षमतामा विद्युत उत्पादन हुने गरेको थियो । पुरानो बाँध भत्किएर नयाँ बाँध निर्माण गरेर विद्युत उत्पादन नभएसम्म पोखरेलीलाई विजुली बत्तीको बानी परिसकेको भएकोले नेपाल विद्युत प्राधिकरणले आफ्नो मालेपाटन स्थित कार्यालयमा ३ वटा डिजल प्लाण्ट स्थापना गरी पोखरा बजार एरियामा आलोपालो मिलाएर दैनिक २ घण्टा मात्र भएपनि वेलुकी विद्युत वितरण गर्ने गरिन्थ्यो ।
नयाँ बाँध निर्माण पछि नियमित १५ सय किलोवाट विद्युत उत्पादन गर्न थालेको यस फेवा पावर हाउसले पछिल्लो समय दैनिक १०८८ किलोवाट विद्युत उत्पादन गर्न थालेको थियो । अहिले पोखरामा पनि काठमाण्डौमा जस्तै मानववस्तीको विकासले पानीको अभाव देखिन थालेकोले १२ महिनानै बग्ने खोला जुन खोलाको पानिले फेवा पावर हाउस सञ्चालमा आउथ्यो त्यो खोलाहरुमा बर्षा महिनामा मात्र पानि बग्ने अरुवेलामा सुख्खा हुन थालेकोले पनि पोखराको पहिलो फेवा पावर हाउस हिउँदको समयमा प्राय बन्द हुने गरेकोछ ।
पछिल्लो समयमा पोखरामा बस्ती विस्तार र विभिन्न कलकारखानाको स्थापना संगसंगै उक्त विद्युत उत्पाद क्षमताले पोखरामा विद्युत वितरण सम्भव नभएपछि चीन सरकारको सहयोगमा सेती पावर हाउसको निर्माण भएको थियो करिव ७२ करोडको लागतमा । पछि विस्तारै यो विद्युत गृहवाट उत्पादन भएको विद्युत क्षमता भन्दा बढी पोखरामा विद्युत मागमा बृद्दिहुदै जाँदा कुलेखानीको विद्युत भरतपुर सवस्टेशन मार्फत पोखरामा वितरण गरी माग पुरा गरेको थियो ।
विभिन्न तरिकाले पोखराको विद्युत माग पुरा भएपनि पोखराको पहिलो र पोखरेलीलाई पहिलो पटक विजुली बत्तीको सुविधा दिएको यो फेवा पावर हाउस निरन्तर सञ्चालन नहुदा दुःख लाग्ने रहेछ ।

New Dam

Fewa Old Dam
बिशाल जीत पालिखे