
अमेरिकी पप गायिका ब्रिटनी स्पीयर्सले अमेरिकाको लसएञ्जल्सको एक अदालतमा उनको १३ बर्षसम्मको पिताबाट नियन्त्रण र हस्तक्षेपूर्ण जीवन व्यतित गर्न बाध्य भएको र आफ्नो आर्थिक कारोवार र नीजि जीन्दगीको स्वतन्त्रताको माग गरेकी छिन ।
विगत १३ बर्षदेखी क्यारियरको फैसला तथा नियन्त्रण उनको परिवारले गर्दै आएको छ । सन २००८ मा व्रिट्नीमा मानसिक रोगको समस्या देखिएकोले अदालतले कानूनी अभिभावकको व्यवस्था गरेको थियो ।
अदालतको आदेश अनुसार ब्रिटनीको सम्पत्ती र जीवनको हरेक फैसला लिने अधिकार उनको वुवा जेमी स्पेयर्सलाई दिएको थियो । ३९ वर्षकी स्पियर्स भन्छिन्,‘मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ।’
अहिले ब्रिटनी स्पेयर्सका समर्थकहरुलले #FreeBritney नामक एक अभियान शुरू गरेर उनको पिताबाट उन्मुक्तिको माग गरिरहेकाछन ।
ब्रिटनीको ज़िंदगी र उनको संरक्षकत्वको रुपमा फ्रेमिंग ब्रिटनी स्पीयर्स नामको डकुमेन्ठ्री सार्वजनिक गरिएकोछ ।