गण्डकी प्रदेशका विनाविभागिय मन्त्रीहरुले जिम्मेवारी पाए

गण्डकी प्रदेशमा जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहित ५ जनाले विना विभागिय मन्त्रीको रुपमा शपथ लिएकोमा उक्त मन्त्रीले जिम्मेवारी पाएकाछ । जस अनुसार स्वतन्त्र सांसद दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालय, नेपाली कांग्रेसबाट कुमार खड्कार्ले शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकोछ । मन्त्रालय विभाजन सम्वन्धि जानकारी प्रदेश प्रमुखलाई दिइने पनि गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

Manakamana & Bakreshwori Temple (Famous Hindu Temple of Gandaki Province)

गण्डकी प्रदश सरकारमा अब पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, भूमी ब्यवस्था, कृषी, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूवार्धार शहरी विकास तथा यातायात मन्त्रालयको लागि मन्त्री नियुक्त गर्न बाँकी छ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको गठबन्धनको सरकार छ।

 

  • 114Read This News:
  • 472810Total reads:
  • 281385Total visitors: