माछाको तरकारी र फ्राइ

मानव शरिरलाईे ओमेगा थ्री फ्याट्टी एसिडको आबश्यकता पर्दछ जुन मानव शरिरले उत्पादन गर्न सक्दैछ त्यसैले यसको पुर्ति माछाको सेवनबाट हुन्छ । यदि माछा सेवन नगर्ने व्यक्तिको लागि विभिन्न औषधीको रुपमा ओमेगा थ्री पाइन्छ । त्यसैको चिकित्सकको सल्लाह अनुसार सेवन गर्न सकिन्छ । त्यसैले माछाको सेवन मानव शरिरकोलागि आबश्यक पर्दछ । त्यसैले माछाको विभिन्न परिकार बनाएर खान सकिन्छ र ओमेगा थ्रीका लागि खानु पर्दछ । माछाका पनि धेरै प्रजाति हुन्छ । जस अनुसार सबैभन्दा बढी ओमेगा थ्री सालमोन, ट्राउट प्रजातिको माछामा पाइन्छ ।

आज हामी सामान्य तया घरगाउँको भान्छामा पाक्ने माछाको परिकार बनाएकाछौ यो भिडियोमा माछा फ्राइ र माछाको झोल

अब माछा फ्राइ र माछाको झोल बनाउने सामान्य प्रकृयाको बारेमा जानकारी यहाँहरु समक्ष गराउदै छौ ।

सबैभन्दा पहिला माछा फ्राइ बनाउन आबश्य सामाग्रीको बारेमा जानकारी दिदैछु ।
माछा फ्राइ बनाउन माछा, नुन, बेसार, कागती र फ्राइ गर्नको लागि खाने तेलको आबश्यकता पर्दछ ।
सबैभन्दा पहिला माछाको कत्ला फाल्ने र आन्द्राभुँडी फालेर माछालाई पिसपिस बनाएर राम्रो संग पखाल्ने त्यसपछी त्यो माछामा स्वाद अनुसार नुन, बेसार र कागती राख्ने र सबै माछामा पर्ने गरेर चलाएर करिव २ घण्टा जति राख्ने ।
२ घण्टा पछि एउटा अलि गहिरो भाँडा जस्तै कराइ हामीले कराइ प्रयोग गरेका छौ । त्यस्तै भाँडामा खानेतेल तताउने तेल तातेपछी मध्यम आगोमा २ घण्टा अगाडी नुन, कागती बेसार राखेको माछा लाई फ्राइगर्ने । केहि समय फ्राइ गरेपछी पहेँलो बाट हल्का रातोरातो भएपछी फ्राइ हुन्छ र त्यस माछालाई तेलबाट निकालेर सेलाउन राख्ने । सेलाइसकेपछी खानको लागि तयार हुन्छ घरगाँउमा बनाउने माछा फ्राइ ।

माछा फ्राइ बनाइसकेपछी अब त्यही फ्राइ माछाबाट माछाको. झोल तरकारी बनाउने छौ । माछा झोल तरकारी बनाउन पहिला यसकोलागि आबश्यक सामाग्रीको बारेमा जानकारी दिदैछु ।

माछाको झोल तरकारी बनाउनको लागि
फ्राइ गरेको माछा, नुन, बेसार, प्याज, सस्यौउ, गोलभेँडा, हरियो केराउ, जिराधनीया मसला, लसुनको पेष्ट, फिसकरी मसला बजारमा पाइन्छ त्यो पनि चाहिन्छ ।

सबैभन्दा पहिला तेल तताउने एउटा भाँडामा त्यसपछी प्याज र केराउ राखेर फ्राइगर्ने, त्यसपछी सर्सिउ पीस्ने र त्यो पनि राखेर एकछिन फ्राइगर्ने, यो फ्राइ भएपछी लसुन पेष्ट, मसलाहरु राखेर एकछिन फ्राइ गर्ने त्यसपछी गोलभेँडा राखेर फ्राइ गर्ने गोलभेँडा गलिसकेपछी आबश्यकता अनुसार पानी राखेर त्यसपछी फ्राइ गरेको माछा राखेर एकछिन पकाउने अनि तयार हुन्छ फिस करी वा माछाको तरकारी ।

 

  • 80Read This News:
  • 404761Total reads:
  • 218220Total visitors: