कम्बोडियामा विषाक्त घरेलु मदिरा पिउँदा दश जनाको मृत्यु, करिब पचास बिरामी

कम्बोडिया, २४ मङ्सिर २०७३। भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यहाँका अधिकारीले बताएका छन् ।

नोभेम्बरको अन्त्यदेखि बिहीबारसम्म १० जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताउनुभयो ।

उहाँले स्थानीय एक धार्मिक महोत्सव मनाउने क्रममा उनीहरुले मदिरा पिएका तर मदिरा विषाक्त भएका कारण उनीहरुको मृत्यु भएको बताउनुभयो ।

यस्तै एक घटनामा करिब एक वर्ष पहिला पनि उक्त स्थानमा १९ जनाको मृत्यु भएको थियो भने २०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

कम्बोडियाली समुदायमा चाड पर्व मनाउँदा घरेलु मदिरा पिउने प्रचलन छ ।

 

  • 41Read This News:
  • 474242Total reads:
  • 282577Total visitors: