चीन–रसिया सीमा क्षेत्रमा जापानी सेनाले अलपत्र छोडेका हतियार फेला

चीन, २४ मङ्सिर २०७३ । सन् १९३७ देखि सन् १९४५ को समयमा चीन र जापानबीच भएको युद्धका सिलसिलामा जापानी सेनाले अलपत्र छोडेका करिब एक हजार ५५५ वटा गोली चीन–रसिया सीमा क्षेत्रमा भेटिएको बिहीबार स्थानीय अधिकारीले बताएका छन् ।
२ वटा कुहेका बाकसमा अझै पनि प्रयोग गर्न सकिने जस्ता देखिने ४७.५ किलोग्राम गोली नदी किनारमा भेटिएको जिदोङ काउन्टीका नागरिक क्युसिनले प्रहरीलाई जानकारी गराएपछि थाहा भएको हो ।

सुरक्षाकर्मीले गोली राखिएका बाकस जापान र चीन युद्धको समयमा जापानी सेनाले छोडेको हुनसक्ने बताएका छन् । अलपत्र हतियारलाई सुरक्षाकर्मीले बुझी अनुसन्धान सुरु गरेका बताइएको छ ।

 

  • 32Read This News:
  • 419103Total reads:
  • 231829Total visitors: