हृदयाघातका कारण म्याराडोनाको निधन

maradonaअर्जेन्टिनाका फुटवल खेलाडी तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।

मस्तिष्कमा रगत जमेपछि उनको नोभेम्बर महिनामा मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

उनको कप्तानीमा आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो भने सन् १९९० मा इटालीमा भएको विश्वकप खेलमा तत्कालिन पश्चिम जर्मनीसंग १ पेनाल्टिका कारण हार व्यहोर्नु परेको थियो ।

आर्जेन्टिनाको तर्फबाट ४ वटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।

सन् १९९० मा इटालीमा भएको विश्वकपमा १ पेनाल्टीका कारण तत्कालिन पश्चिम जर्मनीसंग फाइनल खेल हार भएपछी लागु औषध कोकिनको लतमा पर्‍यो र १५ महिना खेल प्रतिबन्धमा परे। पछी उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट अवकाश लिएका थिए ।

म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि आफ्ना खेल प्रदर्शन गरेका थिए।

डियागो म्याराडोनाले आर्जेन्टिनाको राष्ट्रिय फुटवल टोलीको प्रमुख प्रशिक्षकको रुपमा पनि काम गरेका थिए ।

म्याराडोनाको जन्म सन १९६० अक्टोबर ३० मा अर्जेन्टिनाको ब्यूनस आयर्सको लनुस शहरमा भएको थियो । उनको पुरा नाम डिएगो अर्मान्डो म्याराडोना हो । म्याराडोनाले १० नं.को जर्सी लगाएर मध्यपङ्क्तिमा खेल्ने गर्दथे ।

आर्जेन्टिनाका राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशद्वारा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।

 

  • 169Read This News:
  • 340609Total reads:
  • 167036Total visitors: