राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छः डा भट्टराई

सप्तरी, २८ फागुन २०७५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा सोमवा पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो ।

उहाँले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभयो ।

 

  • 35Read This News:
  • 438586Total reads:
  • 250579Total visitors: