कवाडी सङ्कलन केन्द्रमा आगलागी

चितवन, १७ फागुन २०७५ । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १ः३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो ।

प्रदीप गुप्ताद्वारा सञ्चालित सो केन्द्रमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । दमकल, स्थानीयवासी, प्रहरी, नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको हो । आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । केन्द्रमा रहेका कवाडीका सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन सकेको छैन ।

 

  • 7Read This News:
  • 0Visitors currently online: