जुत्ताचप्पल व्यापार मेला शुरु

मोरंग, ९ माघ २०७५ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान प्रमुख नाराकासाथ विराट जुत्ताचप्पल व्यापार मेला–२०७५ आजदेखि यहाँ शुरु भएको छ ।

वेस फूटवेयर प्रालि, रोयल फूटवेयर प्रालि, रन सुज, लागीगुराँस फूटवेयर, जय श्रीको म्याजिक, हाइलाइफ र कोसेली छाला जुत्ता उद्योगका उत्पादन राखिएको मेला काठमाडौँ बाहिर पहिलोपटक यहाँ आयोजना गरिएको हो । १५ देखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको मेलाले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र उपभोक्ताको स्वदेशी वस्तुप्रति रुचि बढाउन मेलाले थप टेवा पु¥याउने अनुमान गरिएको छ ।

नेपालमा वार्षिक ७ करोड जोर जुत्ताचप्पल खपतमा स्वदेशी उद्योगका उत्पादन ४ करोड जोरमात्र छन । सो क्षेत्रमा कूल लगानी रु १७ अर्ब र कारोवार वार्षिक रु ३२ अर्बको रहेको मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उद्योग फस्टाएमा अर्थतन्त्र बलियो र रोजगार पनि प्रशस्त सिर्जना हुने बताउनुभयो । उहाँले उद्योगका लागि आवश्यकपर्ने कच्चापदार्थ आपूर्ति गराउन प्रदेश सरकार प्रयत्नशील रहने प्रतिबद्धता जनाउनुभयो ।

उद्योगी रवीनकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा रोयल सुजका प्रबन्धक निर्देशक भीमलाल पौडेल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले मेलाले स्वदेशी उत्पादनलाई बढी खपत गराउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । माघ महीनाभरि लाग्ने सो मेलामा २ लाख उपभोक्ताले अवलोकन गर्ने र करीब रु २ करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको मेला संयोजक उपाध्यायले जानकारी दिनुभयो ।

 

  • 84Read This News:
  • 480227Total reads:
  • 287709Total visitors: