थोरै माया म दिउला  म्युजिक भिडियो सार्वजनिक 

काठमाण्डौ, ६ माघ २०७५ । नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत थोरै माया म दिउलाको म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहेको छ ।
सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ  । संचारकर्मी तथा चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका हुन।

 

  • 32Read This News:
  • 1Visitors currently online: