कोलम्बिया विमान दुर्घटनमा ७६ जना ब्राजिलियन खेलाडीको मृत्यु

मोन्टेभिडियो, १५ मङ्सिर २०७३। ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।

यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन ।

फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् ।

ब्राजिलीया सरकारले ३ दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

 

  • 16Read This News:
  • 0Visitors currently online: