घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु

बझाड, १६ पुस २०७५ । माथागढी गाउँपालिका पाल्पाले घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा कार्यक्रम शुरु गरिएको हो ।

यही मङ्सिरदेखि गाउँपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सहजरुपमा घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ । सो कार्यक्रमका लागि गाउँपालिकाले आव ०७५÷०७६ का लागि रु १ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

कार्यालयको काममा असर नपर्ने गरी कार्यालयमा मौज्दात कर्मचारी व्यवस्थापन गरेर स्वास्थ्यकर्मीलाई घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले बताउनुभयो ।

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई पनि घरमै पुगेर सहज रुपमा स्वास्थ्य सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो ।

 

  • 56Read This News:
  • 479832Total reads:
  • 287392Total visitors: