ढाका, १६ पुस २०७५ । बंगलादेशमा गत आइतवार भएको निर्वाचनमा प्रधानमंत्री शेख़ हसीनाले लगातार तेश्रोपटक विजयी हुने सुनिस्चित भएको बांग्लादेश निर्वाचन आयोगले जनाएकोछ ।
अहिलेसम्मको मत परिणाम अनुसार हसीनाको सत्तारुढ़ पार्टी आवामी लीगले ३५० संसदीय सीटमा २८१ सिटमा विजय गरेको छ, यो उनको अघिल्लो निर्वाचन परिणाम भन्दा राम्रो हो ।
बांग्लादेशको विपक्षी दलले आइतवार भएको निर्वाचन हास्यास्पद भन्दै निन्दा गरेकोछ । विपक्षी दलले पुनः मतदानको माग गरेकोछ । अहिलेसम्म विपक्षी दलले मात्र ७ सीटमा विजय हासिल गरेकोछ ।


