बोको हरामको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए

नाइजेरिया, १२ पुस २०७५ । बोको हरामले राखेको विद्युतीय धरापमा परेर इन्डोनेसियामा १३ सुरक्षाकर्मी मारिएका छन् ।

मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ ।

बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राती अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए ।

प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

 

  • 51Read This News:
  • 338441Total reads:
  • 165779Total visitors: