‘ए’ डिभिजन लिगको एघारौँ चरणका खेल आजदेखिशुरु

काठमाडौँ, ११ पुस २०७५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ ।

बिहीबार सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लबबीच तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । मनाङ र सङ्कटाबीचको खेललाई उपाधि भिडन्तका रुपमा हेरिएको छ । सङ्कटासितको खेल मनाङले जिते दुई खेलअगावै उसले लिगको उपाधि जित्नेछ । एघारौँ चरणको अन्तिम खेल शुक्रबार सरस्वती युथ क्लब र त्रिभुवन आर्मीबीच तथा नेपाल पुलिस र थ्रीस्टार क्लबबीच एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्री स्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ, १४÷१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ÷आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ÷छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ तथा न्युरोड टिम ९एनआरटी० चार अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ ।

 

  • 27Read This News:
  • 259001Total reads:
  • 129095Total visitors: