सप्तरीमा विद्युत् चोरी गर्ने ४१ जनालाई कारवाही

File photo

सप्तरी, ६ पुस २०७५ । नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराजले बिजुलीको पोलमा हुकिङ् गर्ने ४१ जनालाई कारवाही गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा अनुगमनका क्रममा उनीहरुलाई विद्युत्को पोलमा अङ्कुस लगाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

विद्युत् प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहका अनुसार उनीहरुको साथबाट चार थान पानी तान्ने मोटर, एउटा एलइडी टिभी र सात थान विद्युत् मिटरसमेत बरामद गरेको छ । पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार असुल गरिएको छ ।

 

  • 12Read This News:
  • 406546Total reads:
  • 219885Total visitors: