चिडियाखाना बनाउन गण्डकी प्रदेश सरकारवाट रु डेढ करोड विनियोजन

कास्की, ४ पुस २०७५ । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्पmबाट रु १ करोड ५० लाख विनियोजन गरेको छ ।

चिडियाखानाको हालसम्म वन्यजन्तु उद्धार केन्द्रका लागि भवनको निर्माण, खानेपानी जडान, बाटो निर्माण कार्य अगाडि बढेको छ भने मृगस्थली र बाघ राख्ने खोर निर्माण सम्पन्न भइसकेको छ ।

क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा यही पुस २७ देखि माघ ८ गतेसम्म आयोजना हुने नवौँ संस्करणको पोखरा महोत्सवको तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक शान्तबहादुर थापाले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार पोखराको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महानगर–३०, ३१ र ३२ मा पर्ने पचभैया, चापापानी चिसाकुना र चैनपुरको १३४ हेक्टर क्षेत्रफलमा मानव निर्मित खुल्ला चिडियाखाना निर्माण भइरहेको छ ।

चिडियाखाना निर्माणका लागि नेपाल सरकार र पोखरा उपमहानगरपालिका तथा क्लबको सहकार्यमा रु ४५ लाख ८५ हजारबराबरको भौतिक निर्माण गरिएको उहाँले बताउनुभयो । यस पटकको महोत्सवमा दर्शकलाई बसमार्पmत चिडियाखाना अवलोकनको लागि लाने र ल्याउने समेत गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो ।

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारा रहेको क्लबले प्रत्येक वर्ष प्रतिप्रवेश टिकटमा रु एकका दरले छुट्याएर सेतीनदी संरक्षण एवम् शान्तिसुरक्षाका लागि पुलको दायाँबायाँ दुवै किनारामा सिसी क्यामेरासमेत जडान गरिएको उहाँ बताउनुहुन्छ । कला, संस्कृति, वेशभूषाको संरक्षण तथा शिक्षा, स्वास्थ्य, खेलकूद एवम् पर्यटनको विकाससँगै मुलुकको समृद्धिमा सहयोग पु¥याउँदै सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउनु महोत्सवको लक्ष्य रहेको छ ।

 

  • 63Read This News:
  • 480698Total reads:
  • 288157Total visitors: