कास्की, ३ पुस २०७५ । क्रियाशील पत्रकार महिलाको संस्था सञ्चारिका समूह गण्डकी प्रदेशको पाँचौँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीले निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । निर्वतमान अध्यक्ष जमुनावर्षा शर्माले नवनिर्वाचित अध्यक्ष स्मिता अधिकारीलाई संस्थाको निर्णय पूस्तिका हस्तान्तरण गरेर पदस्थापन गर्नुभएको थियो ।
आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर तथा सदस्यमा रोशनी गुरुङ, तारा चापागाईं दुवे, पुनम मगर, दुर्गा रानामगर, कविता घर्तीमगर, सोनिया लामा र अनिषा श्रेष्ठ रहनुभएको छ । समुहमा गोरखा, तनहुँ, लमजुङ, पर्वत र स्याङ्जाका अध्यक्ष सदस्य रहेको कार्यसमिति गठन गरिएको थियो ।


