सोमालियामा हवाई आक्रमणमा परी ६२ जना मारिए

file picture

सोमालिया, ३ पुस २०७५ । मोगादिसुमा गत हप्ताभर भएका ६ हवाई आक्रमणमा परी कम्तीमा ६२ जना लडाकू मारिएका छन् ।

राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल शबाबका लडाकूहरु मारिएको अमेरिकी सेनाले सोमबार जनाएको छ ।

अमेरिका अफ्रिाका कमाण्डले पछिल्लो घटनामा सर्वसाधारण भने कोही नमारिएको दावी गरेको छ ।

गान्डार्सेमा अल शबाबका लडाकूहरुलाई लक्षित गरी शनिबार गरिएको चार ओटा हवाई आक्रमणमा ३४ जना मारिएका थिए ।

त्यसैगरी आईतबार भएको आक्रमणमा अरु २८ जना मारिएका थिए । आइतबार दुई ओटा हवाई आक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

गान्डार्से सहर राजधानी मोगादिसु र मार्काको बीचमा पर्ने सानो तटिय सहर हो । त्यस सहरलाई आतङ्कवादी समूहले राजधानी आक्रमण गर्ने आश्रयस्थलको रुपमा प्रयोग गर्दै आएका थिए ।

 

  • 23Read This News:
  • 406621Total reads:
  • 219953Total visitors: