जर्मनको रेलसेवाद्वारा कर्मचारी यूनियनसँग सम्झौता

जर्मनी, १ पुस २०७५ । जर्मनीको रेलसेवा सञ्चालक र उक्त कम्पनीका मुख्य कर्मचारी यूनियनबीच तलबमानमा पुनरावलोकन गर्नेबारे शनिबार एक सम्झौता भएको उक्त कम्पनीले जनाएको छ ।

गत हप्ता कर्मचारी तथा श्रमिकको ज्याला कम भएको भनी गत हप्ता उक्त रेलसेवाका कर्मचारीले सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएपछि रेल सञ्चालक कम्पनीले उनीहरूको मागलाई सम्बोधन गर्न बाध्य भएको हो ।

इभिजीका कर्मचारी यूनियनसँग रेलसेवामा आवद्ध करिब १ लाख ६० हजार डेउत्से बाहनका कर्मचारी रहेका छन् । सहमति अनुसार कम्पनीले विभिन्न चरणमा गरी ६.१ प्रतिशत तलव वृद्धि गर्ने सहमति भएको रेलसेवा प्रदायक कम्पनी डेउत्से बाहनले जनाएको छ ।

सहमति अनुसार रेलले कर्मचारीको तलबमा ३.५ प्रतिशत आगामी सन् २०१९ को जुन मा वृद्धि गरिने र बाँकी २.६ प्रतिशत तलम रकम वृद्धि आगामी सन् २०२० को जुलाईमा वृद्धि हुनेछ ।

कर्मचारीले ७.५ प्रतिशत तलव वृद्धिको माग गरेको तर कम्पनीले मात्रै ५.१ प्रतिशत तलब बढाउन सहमत भएपछि यूनियनले अन्दोलनको घोषणा गरेको थियो । तर दुवै पक्षले ६.१ प्रतिशतमा सहमति जनाएपछि आगामी दिनमा रेलसेवामा समस्या नगर्ने यूनियनले प्रतिवद्धतासमेत जाहेर गरेको छ ।

सम्झौताको अर्को शर्त अनुसार हरेक कर्मचारीलाई पहिलो चरणको तलव वृद्धि पहिले एकमुष्ट रकम १ हजार १ सय ३० दिन कम्पनीले सहमति जनाएको छ ।

 

  • 15Read This News:
  • 406781Total reads:
  • 220101Total visitors: