सञ्चारमन्त्रीसमक्ष नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ, २८ मङ्सिर २०७५ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने लगायतका १६ बुँदे मागसहित सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्षद्वय विपुल पोखरेल र दिलिप थापामगर तथा महासचिव रमेश विष्टलगायतको एक टोलीले बिहिवार मन्त्री बाँस्कोटालाई भेट गरी पत्रकारको तलब ५० प्रतिशतले वृद्धि गर्नुपर्ने, मिडियामा लगानी पारदर्शी हुनुपर्ने, नेपाली मिडियालाई उद्योगको मान्यता दिँदै सुविधासमेत दिनुपर्ने लगायतका माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकारले पत्रकारको तलब २५ प्रतिशतले वृद्धि लगायतका महत्वपूर्ण कामहरु गरेको उल्लेख गर्दै महासङ्घले राखेका मागलाई सम्बोधन गर्नका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

 

  • 30Read This News:
  • 459370Total reads:
  • 268885Total visitors: