सुर्खेतमा विहिवार निःशुल्क बागीना साँस्कृतिक साँझ

सुर्खेत, २६ मङ्सिर २०७५ । बागीना समूह सुर्खेतले बिहीबार बागीना साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । सांस्कृतिक जागरण ल्याउनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पछिल्लो समय सुर्खेतमा साङ्गीतिक माहोल सुनसान हुँदै गएकाले कार्यक्रम आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रमका संयोजक नन्दा बस्यालले बताउनुभयो । “हामी सुर्खेती कलाकार काठमाडौँ केन्द्रित हुँदा यहाँ सांस्कृतिक गतिविधि सुस्त भयो,” उहाँले भन्नुभयो, “जिल्लामा सांस्कृतिक गतिविधि बढाउन कार्यक्रम गर्न लागेका हौँ ।” कार्यक्रममा यस क्षेत्रको पहिचान हुने खालका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ ।

आर्थिक आयआर्जन नभई यस क्षेत्रको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएकोे बागीना समूहका अध्यक्ष गोविन्द कोइरालाले बताउनुभयो । बिहीबार बेलुकी ५ बजेदेखि बागीनाको प्राङ्गणमा हुने उक्त कार्यक्रम निःशुल्क रूपमा हेर्ने व्यवस्था मिलाइएको कलाकार शिव सङ्गीतले बताउनुभयो । कार्यक्रममा कलाकार टीका पुन, शिव सङ्गीत, दिपाशा बिसी, सन्ध्या बुढा (काउली बुढी), सीता भण्डारी, मनु मन्दिर, सुविन सिंहलगायतको प्रस्तुति रहनेछ ।

 

  • 78Read This News:
  • 480286Total reads:
  • 287768Total visitors: