सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु

अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायकदेखि काँभ्रेको साँगासम्मको सडकको दायाँबायाको सर्भिस ट्रयाक निर्माण कार्यको प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले शिलन्यास गरेपछि सडक विस्तार गर्दै ।

भक्तपुर, २५ मङ्सिर २०७५ । अरनिको राजमार्गअन्र्तगत सूर्यविनायकदेखि काँभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्र्याक’ निर्माण कार्य सोमवारदेखि शुरु भएको छ ।

सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सवारी चाप हटाउन सर्भिस ट्र्याकले मद्दत पुग्ने बताउँदै दुर्घटना न्यूनीकरणसमेत हुने बताउनुभयो । सांसद बस्नेतले आगामी फागुनदेखि जापान सरकारले अरनिको राजमार्ग ८२ फिट फराकिलो बनाउने कार्य शुरु गर्ने भएकाले पनि सर्भिस ट्र्याक खोल्नु अति आवश्यक रहेको बताउनुभयो ।

सूर्यविनायकदेखि धुलिखेलसम्म जापान सरकारले आगामी फागुनदेखि ६ लेन सडक निर्माण गर्ने भएपछि यसअघि सूर्यविनायक नगरपालिका–८ ले जगातेसम्म र काभ्रेको बनेपा नगरपालिकाले साँगासम्म सर्भिस ट्र्याक निर्माण गरिसकेको छ । सूर्यविनायक नगरपालिका–९ र १० क्षेत्रमा पर्ने जगाती, भातेढिकुर, बाँसघारी, नलिन्चोक, पलासे हुँदै भक्तपुर र काभ्रेको सिमानाको साँगासम्म सर्भिस ट्र्याक निर्माण कार्य शुरु भएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य रजनी जोन्छेले विकास निर्माणमा कसैले अवरोध गर्न नहुने र सबैले सहयेग गर्नुपर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बाटो निर्माणमा कुनै अवरोध नआउने बताउँदै सो निर्माण कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले विकासमा सबैको ऐक्यबद्धता हुने बताउनुभयो ।

 

  • 22Read This News:
  • 407857Total reads:
  • 221122Total visitors: