बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

बेलायत, १४ मङ्सिर २०७५ । बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल ६ लाख २५ हजार जना भित्रिएका छन् भने ३ लाख ५१ हजार जना बाहिरिएका छन् ।

कार्यालयले बेलायत आउने र बस्नेहरुको संख्या पहिलाभन्दा बढ्दै गएको देखिएको पनि जनाएको छ ।

बेलायत आउनेहरुमा पढ्ने र काम गर्ने उद्देश्य बनाएकाहरु धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीन र भारत लगायतका देशहरुबाट स्नातकोत्तर अध्ययनका लागि आउनेहरुको संख्या पहिला भन्दा अहिले १० प्रतिशतले बृद्धि भएको तथ्याङ्क कार्यालयको भनाई छ ।

 

  • 61Read This News:
  • 406392Total reads:
  • 219736Total visitors: