आज शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ मङ्सिर २०७५ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.३७ बिन्दुले घटेर १,१४८.७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२१ बिन्दुले घटेर २४४.२३ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । कारोवार वृद्धि भएकामा वित्त ०.१३ र उत्पादन १.०२ बिन्दुले बढेको छ ।

बैंकिङ ९.३८, व्यापार ३.४६, होटल ९.५७, विकास बैंक ११.२७, जलविद्युत् २.७१, निर्जीवन बीमा १०५.१७, अन्य २.३१, माइक्रोफाइनान्स २४.२३, जीवन बीमा ४७.७६ बिन्दुले घटेको छ ।

 

  • 80Read This News:
  • 406392Total reads:
  • 219736Total visitors: