बलात्कार गरेको आरोपमा पोखरा बगरका २५ वर्षीय सुरज गुरुङ पक्राउ

कास्की, १३ मङ्सिर २०७५ । माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् ।

मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर पोखरा बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७ गते घर फर्केकी किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे जानकारी दिएपछि सुरजलाई पक्राउ गरिएको हो ।

 

  • 66Read This News:
  • 459514Total reads:
  • 269021Total visitors: