नेपालले साफ फुटबल आयोजना गर्ने

काठमाडौँ, ४ मङ्सिर २०७५ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ०ले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको बताइएको छ ।

यसअघि आगामी पुस २ गतेदेखि श्रीलङ्कामा शुरु हुनेगरी खेल तालिका सार्वजनिक गरिएको थियो । नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ देखि चैत ७ गतेसम्म गर्ने एन्फाले जनाएको छ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । यसअघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ ।

 

  • 53Read This News:
  • 406801Total reads:
  • 220121Total visitors: