राष्ट्रपति भण्डारीबाट मालदिभ्सका राष्ट्रपतिलाई बधाइ

काठमाडौँ, २ मङ्सिर २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मालदिभ्सको राष्ट्रपतिको कार्यभार इब्राहिम मोहम्मद सोलीले सम्हाल्नुभएकामा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।

मालदिम्भसका आफ्ना समकक्षी सोलीलाई शनिवार एक बधाइ सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले पारस्परिक हितका खातिर नेपाल–मालदिभ्सबीचको सम्बन्धलाई दुईपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सघन एवं सुदृढ बनाउने प्रशस्त सम्भावना रहेका उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन आगामी दिनमा मालदिभ्सका राष्ट्रपतिसँग निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

 

  • 20Read This News:
  • 407743Total reads:
  • 221017Total visitors: