मलेसियाका पूर्वप्रधानमन्त्री नाजिबकी श्रीमतीलाई नयाँ अभियोग

मलेसिया, ३० कात्तिक २०७५ । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ ।

उहाँलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो ।

नाजिबकी श्रीमती रोसमा मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ ।

त्यस बाहेक अन्य तत्कालीन अधिकारीहरूलाई पनि विभिन्न अभियोग लगाइएको छ । कतिपयलाई दण्ड सजायको फैसला भइसकेको छ भने कतिपयको अनुसन्धान भइरहेको छ ।

पूर्वप्रधानमन्त्री नाजिबलाई मात्रै ३८ वटा मुद्दा लगाइएको छ ।

 

  • 27Read This News:
  • 408019Total reads:
  • 221280Total visitors: