टेक्सासमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषीलाई मृत्युदण्ड

अमेरिका, ३० कात्तिक २०७५ । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकी नागरिकलाई मृत्युदण्ड दिइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चा सहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको हो ।

रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी झुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो ।

विगत २५ वर्षसम्म वकीलहरुले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएन ।

मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँच जना मेक्सिकी नागरिकलाई मृत्युदण्ड दिइएको छ ।

संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् ।

 

  • 37Read This News:
  • 407972Total reads:
  • 221233Total visitors: