क्यालिफोर्नियामा आगलागिवाट मृत्यु हुनेहरुको संख्या ९ पुग्यो , हजारौ विस्थापित

अमेरिका, २५ कात्तिक २०७५ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण मृत्यु हुनेहरुको संख्या बढेर ९ पुगेको छ ।

शुक्रबार भएको घटनाका कारण अरु हजारौ स्थानीय बासिन्दा विस्थापित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा बस्ने झण्डै २६ हजार जनालाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको पनि समाचारमा जनाइएको छ ।

बिहीबार विहान सुरु भएको आगलागी छिटै फैलिएको थियो । ठूलो हावाहुरी आएकाले पनि आगो चाडो फैलिएको बताइएको छ ।

आगलागीका कारण झण्डै २८ हजार ३०० हेक्टर क्षेत्रमा जलेर सुख्खा भएको र आगो नियन्त्रणमा नआएको क्यालिफोर्निया अग्नी विभागले जनाएको छ ।

उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन ।

उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जंगलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् ।

प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ ।

 

  • 24Read This News:
  • 406721Total reads:
  • 220050Total visitors: