हङ्गेरीका १११ बर्षिय जेष्ठ नागरिकको निधन

हङ्गेरी, २० कात्तिक २०७५ । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ ।

“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उहाँको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

उहाँ सन् १९०७ मा जन्मिनु भएको हो भने उहाँ किसान हुनुहुन्थ्यो । उहाँका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् ।

मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उहाँको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन ।

 

  • 28Read This News:
  • 406904Total reads:
  • 220223Total visitors: