जर्मन चान्सलर मार्केलले सन् २०२१ पछि नेतृत्व छोड्ने

जर्मनी, १३ २०७५ । जर्मन चान्सलर एन्गेला मार्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गर्नुभएको छ ।

उहाँलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी गर्नु गलत हुने भनी उहाँले नेतृत्वबाट बाहिरिने घोषणा गर्नुभएको हो ।

जर्मनीलाई विगत १३ बर्षदेखि राजनीतिक नेतृत्व दिइरहनुभएकी नेतृ मर्केलले आफ्नो दलको मुख्यालयमा सञ्चारकर्मीसँग भन्नुभयो, “अब नयाँ अध्यायको शुरू गर्ने बेला भएको छ ।”

मर्केलले नेतृत्वबाट आफ्नो विदाइसँगै क्रिश्चियन डेमोक्रेटिक यूनियनको गठबन्धनमा पनि नेतृत्वका लागि सङ्घर्ष हुनसक्ने बताउँदै गठबन्धनलाई यूरोपको विशाल अर्थतन्त्र सम्हाल्न जिम्मेवार भएर प्रस्तुत हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

आफ्नै गठबन्धन समूहभित्रको सङ्कटबारे बोल्दै उहाँले भन्नुभयो, गठबन्धनमा रहेको विवादका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनु आफ्नो लागि अस्वीकार्य भएको बताउनुभयो ।

जर्मन राज्य हेसेसमा आइतबार देखिएको निर्वाचन परिणाम गठबन्धनका लागि ‘एउटा नयाँ मोडको सङ्केत मात्रै भएको तर आफ्नो गठबन्धनलाई सुधार्ने मौका रहेको’ उहाँको प्रतिक्रिया थियो । उहाँले जर्मनीका प्रमुख राजनीतिक दल तथा आफ्नै गठबन्धनले पनि सोचेर अघि बढ्नुपर्ने बताउनुभयो ।

मार्केलले आफूले चौँथो कार्याकालको अन्त्यसँगै जर्मनीको अर्को निर्वाचनमा उम्मेदवारी नदिने साथै चान्सलरका रूपमा जनादेशलाई नवीकरण पनि नगर्ने सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । मार्केलको घोषणासँगै उहाँको पदको प्रमुख आकाङ्क्षीका रूपमा कम्तीमा ४ जना अघि सर्ने देखिएको छ ।

तर मार्केलले आफ्नो उत्तराधिकारीको घोषणा आफुले नगरी प्रजातान्त्रिक प्रक्रियाबाट दलले नै छान्ने गरी छोड्ने बताउनुभएको छ । उहाँले नेतृत्व चयनबारे बोल्दै भन्नुभयो, मैले मेरो दलले लिने प्रजातान्त्रिक निर्णयलाई स्वीकार गर्नेछु ।

 

  • 40Read This News:
  • 404866Total reads:
  • 218319Total visitors: